News
किरनको टोली माजियाको लगातार दोस्रो जित
काठमाडौं । माल्दिभ्सको शिर्ष लिगमा माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट व्यवसायीक फुटबल खेलिरहेका नेपालका गोलरक्षक किरन चेम्जोङले त्यहाँ जितको लयलाई कायम राखेका छन् ।
लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको माजियाले सोमबार लिगमा लगातार दोस्रो जित हात पार्यो । त्यसक्रममा माजियाले क्लब इगल्समाथि २–० को जित निकाल्यो । माजियाका लागि टाना डोमिंगेज र नैज हसनले गोल गरे । यसअघि माजियाले आफ्नो पहिलो खेलमा सुपर युनाइटेड स्पोर्टसलाई १–० ले हराएको थियो ।
स्मरण रहोस, किरन यसै सिजनका लागि भनेर माजियामा केही महिना अघि आवद्ध भएका थिए । माल्दिभ्समा यो उनको दोस्रो क्लब समेत हो । यसअघि उनले टिसी स्पोर्टसका लागि पनि माल्दिभ्सको शिर्ष लिग खेलेका थिए ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल