News दोस्रो सुस्ता अध्यक्ष कप शुरु, नव युवाको विजयी शुरुवात
सुरज राना मगर

सुस्ता । राष्ट्रियस्तर मै फरक पहिचान बनाउने उद्देश्यका साथ शनिबारदेखि सुस्ता गाउँपालिकामा दोस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

सुस्ता–४, नर्सही स्थित स्थानीय खेलमेदानमा भएको उद्घाटन खेलमा नव युवा क्लबले आयोजक सुस्ता–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गर्यो ।

दोस्रो हाफको १४औं मिनटमा बिजय सारु मगरले गरेको एक मात्र गोल नव युवालाई जित दिलाउन निर्णायक बन्यो । खेलमा नव युवाकै गोलरक्षक रोहित कोइराला म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै नव युवा क्लब प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगा फागुन १५ गतेको खेल राइजिङ स्टार, भूमह िर मायादेवी युवा क्लब, देवदहबीच हुने खेल संयोजक धिरज गुरुङले जानकारी दिए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लब, नर्सही–४, सुस्ता, नवलपरासीको व्यवस्थापनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने पनि संयोजक गुरुङले बताए । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आगामी फागुन २८ गतेका दिन हुनेछ ।

प्रतियोगितालाई सभ्य र भव्य बनाउने योजना

त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी लुम्बिनी प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारी, सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे लगायतका अतिथीहरुले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा उपस्थित अतिथीहरुले प्रतियोगिता सुस्ता गाउँपालिका कै प्रतिष्ठाका रुपमा रहेको चर्चा गर्दै आगामी दिनहरुमा यसलाई थप सभ्य र भव्यताका साथ आयोजना गर्ने योजना रहेको बताए । साथै, प्रतियोगितालाई सबैले मिलेर सफल पार्न सहयोग गर्नुपर्नेमा जोड समेत दिए ।

सुस्ता गाउँपालिकाका योजना अधिकृत बिष्णु प्रसाद ढकालको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय सदस्य डा. सुवास चन्द्र चौधरी, सुस्ता गाउँपालिकाकी उपाध्यक्ष इन्द्र कुमारी थरुनी, सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रसाद पौडेल लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पुरस्कार राशी आयोजक सुस्ता गाउँपालिकाले नै व्यवस्थापन गरेको छ भने प्रतियोगिता अवधिभर दिईने म्यान अफ द म्याचको ट्रफी प्रायोजन रोयल स्पोर्टसका प्रोपराईटर धर्मेन्द्र अग्रहरीले गरेका छन् । सो अवसरमा सुस्ता गाउँपालिकाको खेलकुद विकासमा केही हदसम्म सहयोग गर्न पाउँदा आफू उत्साहित र खुशी रहेको अग्रहरीले बताए । साथै उनले गाउँपालिकाको खेल क्षेत्रलाई आगामी दिनहरुमा पनि सक्दो सहयोग गर्ने आश्वासन दिए ।

 

Post Comments