News किरनको टोली माजियाको जितको ह्याट्रिक
गोलनेपाल

काठमाडौं । साविक विजेता समेत रहेको किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रियक्रियशनले माल्दिभ्सको शिर्ष लिग दिवेही प्रिमियर लिगमा आइतबार जितको ह्याट्रिक जमाएको छ ।

लिगको नयाँ सिजन शुरु भए यतादेखि लगातार तीन खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा माजियाले किरन कै पूर्व टिसी स्पोर्टसलाई ३–० ले हरायो । माजियाको जितमा इब्राहिम अ‍ैसम, हम्जा मोहमद र कर्नेलस स्टिवार्टले गोल गरे ।

जारी लिगमा ३ खेलबाट ९ अंक जोडेको अपराजित माजिया शिर्ष स्थानमा छ । उता पराजित टिसी स्पोर्टस भने ३ अंकका साथ छैठौं स्थानमा छ ।

माजियाले आफ्नो आगामी खेल मार्च ३ तारीख बिहीबारका दिन डा ग्रान्डीसँग खेल्नेछ ।

Post Comments