News
एपिएफको स्कुल एकेडेमी पनि सञ्चालनमा

काठमाडौं । एएफसी क्लब लाइसेन्स पाए लगतै नेपालका शिर्ष क्लबहरुले आ–आफ्नो फुटबल एकेडेमीहरु सञ्चालन गर्ने तयारीमा जुटेका छन् । यसै क्रममा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले पनि आफ्नो फुटबल स्कुल एकेडेमी सञ्चालनमा ल्याएको छ ।
चम्पादेवीमा अवस्थित एकेडेमीको सोमबार प्रमुख अतिथी एपिएफका एआइजी रामशरण पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरे । सो अवसरमा विशिष्ट अतिथीका रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको पनि उपस्थिति रहेको थियो ।
स्मरणीय छ, केही अघि मात्र अर्को विभागी टोली नेपाल पुलिस क्लबले आफ्नो एकेडेमी सञ्चालनमा ल्याएको थियो । एन्फासँगको सहकार्य मै एकेडेमी सञ्चालन गर्ने तरखरमा रहेका अन्य क्लबहरुले पनि त्यसका लागि आवश्यक गृहकार्यहरु गरिरहेका छन् ।
Post Comments
Related News
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)