
काठमाडौं । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्टले यसै वर्ष हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अक्शनका लागि कुल २४२ खेलाडीहरुलाई सूचीकृत गरेको छ ।
सूचीमा परेका खेलाडीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । ए क्याटगोरीमा कुल ४० खेलाडीहरु छन् । त्यस्तै बी र सी मा समान १०१–१०१ खेलाडीहरु सूचीकृत छन् ।
यसपटक एक क्लबले बढीमा २३ खेलाडीहरुलाई खरिद गर्न सक्नेछ । यसअघि पहिलो संस्करणमा यो २० खेलाडीमा सिमित थियो । त्यस्तै विदेशी खेलाडीहरुको हकमा एक क्लबले कुल ५ खेलाडीहरुलाई किन्न सक्ने छन् । यसअघि एउटा क्लबको कोटामा ३ विदेशी खेलाडी किन्न पाउने नियम थियो ।
लिगमा सहभागि हुने कुल १० क्लबहरुले बिहीबारसम्म आ–आफ्नो मार्की खेलाडी चयन गर्नुपर्नेछ । खेलाडीहरुको निलामी यहि शुक्रबार हुँदैछ । स्मरण रहोस, नेपाल सुपर लिग अर्को महिनाको अन्तिमतिर शुरु हुने तय भइसकेको छ ।
हेर्नुहोस वर्गीकरणमा परेका खेलाडीहरुको सूचीः
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय