काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडीहरुको खरिद प्रक्रिया (लिलामी) निर्धारित मिति मै हुने आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।
नेपाल सुपर लिग (एनएसल) का प्रमुख कार्यकारी सुदिप शर्माले खेलाडीहरुको लिलामी तोकिए कै मितिमा हुने बताए । साथै उनले सो लिलामी कार्यक्रम शुक्रबार सोल्टी होटलमा हुने समेत पुष्टी गरे ।
स्मरण रहोस, यसअघि ए डिभिजन लिगका आठ क्लबहरुले संयुक्त प्रेस विज्ञप्ती निकाल्दै आफ्नो क्लबमा आवद्ध भएका खेलाडीहरुलाई आफूहरुको अनुमति बिना लिलामीका लागि सूचीकृत गरिएकोमा असन्तुष्टी पोखेका थिए ।
यी र यस्तै अड्कलबाजीका कारण नेपाल सुपर लिगको खेलाडी लिलामी तोकिएकै मितिमा नहुने हो कि भन्ने अन्यौलता पनि थाएको थियो । यद्यपि एनएसएलका आयोजकले सो लिलामी निर्धारित मिति मै हुने पुष्टी गरेको छ ।
स्मरण रहोस, यसपटक सुपर लिगमा सहभागि टोलीहरुको संख्या बढाएर ७ देखि १० पुर्याइएको छ । साथै लिलामीका लागि कुल २४२ खेलाडीहरुलाई तीन तहमा वर्गिकरण गरि लिलामीका लागि सूचीकृत समेत गरिएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न