News इण्डियन सुपर लिगमा अनन्तको डेब्यु, तर हार्यो इस्ट बंगाल
गोलनेपाल

काठमाडौं । भारतको चर्चित इण्डियन सुपर लिग (आईएसएल) मा खेल्ने पहिलो नेपाली खेलाडी बनेका अनन्त तामाङले डेब्यु गरेकै खेलमा उनको टोली ईस्ट बंगाल पराजित भएको छ ।

शनिबार अनन्तले डेब्यु गरेको खेलमा इस्ट बंगालले बैंगलुरु एफसीसँग १–० को साँघुरोको हार बेहोर्न बाध्य बन्यो । पहिलो हाफको २४औं मिनटमा सुनिल क्षेत्रीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

यो हारसँगै इस्ट बंगालले यस सिजन खराब प्रदर्शन गर्दै हारका साथ लिगको समापन गरेको छ । २० खेलको समाप्ती पश्चात् १ खेल मात्र जितेको इस्ट बंगाल ११ अंकका साथ लिगतालिकाको पुछारमा छ । बैंगलुरु भने २९ अंकका साथ छैंठौं स्थानमा रह्यो ।

स्मरण रहोस, अनन्त अर्को महिना शुरु हुन गईरहेको नेपाल सुपर लिगतर्फ एफसी चितवनका मार्की खेलाडी समेत हुन् । उनी नेपाल सुपर लिग कै लागि छिटै स्वदेश फर्किने सम्भावना पनि छ ।

 

Post Comments