काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले थाइल्याण्ड विरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचका लागि २५ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा सामेल गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सार्वजनिक गरेको टोलीमा नियमित सदस्य मनिष डाँगी भने छैनन् । उनी हालै सम्पन्न ए डिभिजन लिगका क्रममा चोटिल बनेका थिए । त्यस्तै टोलीमा जगजित फेरि पनि अटाएका छन् । उनी बाहेक आकाश बुढा मगर र प्रशान्त अवस्थी जस्ता युवा खेलाडीहरु पनि प्रारम्भिक टोलीमा पर्न सफल भएका छन् ।
स्मरण रहोस, नेपालले यहि २४ मार्चका दिन थाइल्याण्डसँग र २७ मार्चका दिन थाई प्रिमियर लिग क्लब चोनबुरी एफसीसँग खेल्ने कार्यक्रम तय भइसकेको छ । दुवै खेल थाइल्याण्डको चोनबुरी शहरमा हुने छन् । नेपाली टोलीले छिटै बन्द प्रशिक्षण शुरु गर्ने समेत बताइएकोे छ ।
यस्तो छ २५ सदस्यीय नेपाली टोली
किरन चेम्जोङ, टिकेन्द्र थापा, दिप कार्की, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, प्रशान्त अवस्थी, नबिन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदिप गुरुङ, सुरज जियु ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द, जगजित श्रेष्ठ
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)