News
किरनको टोली माजियाको शतप्रतिशत जितको यात्रा जारी
काठमाडौं । माल्दिभ्सको शिर्ष लिग दिवेही प्रिमियर लिगमा किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले आफ्नो शतप्रतिशत जितको यात्रालाई कायम राखेको छ ।
लिगतर्फ बुधबार भएको आफ्नो पाँचौं खेलमा माजियाले युनाइटेड भिक्टोरीलाई २–१ ले हरायो । माजियाको जितमा टाना डोमिंगेज र नेमान्जा कार्टलले एक–एक गोल गरे । खेलमा किरनले पहिलो रोजाई मै रहेर अन्तिमसम्म खेले ।
यो जितपछि ५ खेलबाट १५ अंक जोडेको माजिया शिर्ष स्थानमा यथावत छ । उता पराजित युनाइटेड भिक्टोरी भने ७ अंकका साथ चौथो स्थानमा झरेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै