News
किरनको टोली माजियाको शतप्रतिशत जितको यात्रा जारी

काठमाडौं । माल्दिभ्सको शिर्ष लिग दिवेही प्रिमियर लिगमा किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले आफ्नो शतप्रतिशत जितको यात्रालाई कायम राखेको छ ।
लिगतर्फ बुधबार भएको आफ्नो पाँचौं खेलमा माजियाले युनाइटेड भिक्टोरीलाई २–१ ले हरायो । माजियाको जितमा टाना डोमिंगेज र नेमान्जा कार्टलले एक–एक गोल गरे । खेलमा किरनले पहिलो रोजाई मै रहेर अन्तिमसम्म खेले ।
यो जितपछि ५ खेलबाट १५ अंक जोडेको माजिया शिर्ष स्थानमा यथावत छ । उता पराजित युनाइटेड भिक्टोरी भने ७ अंकका साथ चौथो स्थानमा झरेको छ ।
Post Comments