भैरहवा । लुम्बिनी खुकुरी क्लब, बेलहिया यहाँ जारी २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पक्लिहवा कृषि क्याम्पसमा सम्पन्न अन्तिम क्वाटरफाइनलमा लुम्बिनी खुकुरीले डि युनिटी क्लब, खैरेनीलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने चौथो टोली बनेको हो ।
लुम्बिनी खुकुरीको जितमा सुरज घलान र मोहन थापाले गोल गरे । उता पराजित डि युनिटीका लागि सुरज सुनारले एक मात्र गोल फर्काए । खेलमा लुम्बिनी खुकुरीका सुरज घलान म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत चैत्र २२ गते मंगलबारको पहिलो सेमिफाइनल खेल आयोजक माछापुच्छ्रे एफसी र सनराईज एफसी, नवलपरासीबीच हुने आयोजक क्लबका सुभाष मगरले जानकारी दिए ।
माछापुच्छ्रे एफसी, भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २५ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने