काठमाडौं । यसै महिना शुरु हुन गईरहेको एएफसी फुटसल एसियन कप छनौट खेल्न जाने नेपाली फुटसल टोलीको मंगलबार विदाई गरिएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटसल टोलीलाई शुभकामना सहित विदाई गरे ।
सो अवसरमा एन्फा अध्यक्ष शिक्षित पराजुली, महासचिव इन्द्रमान तुलाधर, फुटसल कमिटी संयोजक रत्न कुमार श्रेष्ठ, एन्फा कार्यसमिति सदस्य मधुसुधन उपाध्याय र फुटसल प्रमुख बिनोद गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
छनौट प्रतियोगितातर्फ समूह बी मा परेको नेपालले अप्रिल १० तारीखका दिन उज्वेकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै ११ अप्रिलका दिन ताजिकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा नेपालले १२ अप्रिलका दिन अफगानिस्तानको सामना गर्नेछ ।
सबै खेलहरु किर्गिस्तानको बिश्कके शहर स्थित गाजप्रोम स्पोर्टस कम्प्लेक्समा हुने छन् । नेपाली फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत रहेक छन् ।
यस्तो छ नेपाली फुटसल टोलीः
अनिष श्रेष्ठ, विश्व पौडेल, आदिल हामिद, विजय श्रेष्ठ, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, क्रिजल खड्का, मणि कुमार लामा, रोशन छन्त्याल, सरोज तामाङ, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन जङबु शेर्पा
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि