ऐतिहासिक आठराई मदन मेला २०७८ को अवसरमा आयोजित मदन मेमोरियल फुटबल प्रतियोगिताको उपाधि गिरी युवा समाज खाम्लालुङले जितेको छ ।
साविक विजेता प्रगतिशील तमु युवा समाज ह्वाकुलाई पराजित गरेर खाम्लालुङले उपाधि रक्षा गरेको हो ।
त्रि-मोहन माविको खेलमैदानमा आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा खाम्लालुङले ३-१ गोलअन्तरले ह्वाकुलाई पराजित गरेको हो । खाम्लालुङका लागि आशिष लिम्बू, दिनेश लिम्बू र सन्तोष लिम्बूले गोल गरेका थिए ।
साविक विजेता ह्वाकुका लागि एकमात्र गोल कप्तान प्रविण लिम्बूले गोल गरे । उनले बेस्ट प्लेयरहुँदै नगद ३ हजार पाउन सफल भए ।
प्रतियोगितामा खाम्लालुङका गोलरक्षक प्रेम लिम्बू उत्कृष्ट बने । यस्तै, खाम्लालुङकै बेस्ट डिफेन्स सन्तु लिम्बू घोषित भए भने आयोजकका खेलाडी मिलन तामाङ उदीयमान खेलाडी घोषित भए । उनीहरुले समान नगद ३-३ हजार पाउन सफल भए ।
अनुशासित टिम भने ग्रामीण विकास समाज खाम्लालुङ बन्यो । उसले नगद ५ हजार पाएको छ । सर्वाधिक गोलकर्ता पनि ग्रामीण विकास समाजका युवराज लावुङ भए । उनले पनि नगद पुरस्कार पाए ।
१८ वटा टिम सहभागी प्रतियोगिताको विजेता खाम्लालुङले नगद १ लाख ३५ हजार र ट्रफी पायो भने उपविजेता ह्वाकुले नगद ७५ हजार र ट्रफीमा चित्त बुझाएको छ ।
आठराई मदन मेला २०७८ आयोजक समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न १० वटा विधामा प्रतियोगिता गराइएको थियो ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि