News
किरनको टोली माजियाले गर्यो गोलको वर्षा
काठमाडौं । दुई साताअघि क्लब इगल्ससँग १–० ले निराश बनेको किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले आइतबार राती फराकिलो जितका साथ लिगमा पूनःरागमन गरेको छ ।
त्यसक्रममा माजियाले क्लब भ्यालेन्सियामाथि १३–० को फराकिलो जित निकाल्यो । माजियाको जितमा हम्जा मोहम्मद एक्लैले ह्याट्रिकसहित पाँच गोल गरे । माजियाका लागि नैज हसनले पनि ह्याट्रिक पूरा गरे । त्यस्तै टाना डोमिंगेज र कर्निलस स्टिवार्टले समान २–२ गोल गरे भने इब्राहिम असमले थप एक गोल गरेका थिए ।
यो जितपछि ९ खेलबाट २४ अंक जोडेको माजिया शिर्ष स्थानमा यथावत छ । माजियाले आफ्नो आगामी खेल द ग्रान्डेसँग शुक्रबार खेल्ने कार्यक्रम छ । उता पराजित क्लब भ्यालेन्सिया भने ९ खेलबाट १३ अंक मै सिमित छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल