News
नयाँवस्तीलाई ३ लाख जरिवाना, म्यानेजर, क्लब अफिसियल र खेलाडीलाई प्रतिवन्ध
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खराब व्यवहार र अनुशासनहिन कार्य गरेको भन्दै नयाँवस्ती युथ क्लबलाई ३ लाख रुपैयाँ जरिवाना गराएको छ ।
हालै सम्पन्न शहिद स्मारक बी डिभिजन लिगतर्फ चैत्र २६ गतेका दिन भएको मध्यपुर युथ एसोसिएशन र नयाँवस्तीबीचको खेलमा नयाँवस्ती ३–१ ले पराजित भएपछि क्लबका अफिसियल तथा खेलाडीहरुले भौतिक सामाग्री तोडफोड गर्नुका साथै म्याच अफिसियललाई अपशब्द समेत प्रयोग गरेको एन्फाले जनाएको छ ।
एन्फाको अनुशासन कमिटीको सोमबार बसेको बैठकले नयाँवस्तीका क्लब अफिसियल श्री बहादुर योगीलाई एन्फाको कुनै पनि आधिकारिक प्रतियोगितामा सहभागिता जनाउन नपाउने गरी दुई वर्षको प्रतिवन्ध लगाएको छ । त्यस्तै क्लबका खेलाडी मनोज राईलाई १ वर्षको प्रतिवन्ध लगाइएको छ भने टिम म्यानेजर बिकास राईलाई ६ महिनाको प्रतिवन्ध लगाइएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै