काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण छाडेका १० खेलाडी र मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीबीचको विवाद छानबिन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले छानबिन समिति गठन गर्ने भएको छ ।
एएफसी एसियन कप छनौटको बन्द प्रशिक्षणमा रहेका सिनियर १० खेलाडीहरुले व्यवस्थापन पक्ष र मुख्य प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै क्लोज क्याम्प छाडेपछि अहिले दुवै पक्षबीचको विवादले चर्को रुप लिएको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र खेलाडीहरुबीच मंगलबार बसेको बैठकले छानविन समिति गठन गर्ने निर्णय गरेको हो । बुधबार गठन हुने छानबिन समितिले चार दिनभित्र रिपोर्ट बुझाउनु पर्नेछ ।
स्मरण रहोस, अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाले त्यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठलाई पनि ज्ञापनपत्र बुझाएका थिउ । अध्यक्ष श्रेष्ठले विवाद सुल्झाउन आफ्नोतर्फबाट सकेको गर्ने आश्वासन दिएका थिए ।
त्यसबाहेक खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङसँग पनि भेटघाट गरेका थिए । भेटघाटमा उनीहरुले बन्द प्रशिक्षणका दौरान भएका घट्ना र आफ्ना कुराहरुलाई सदस्य सचिव समक्ष राखेका थिए ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान