News
जकार्ताबाट अलग भए रोहित
काठमाडौं । नेपालका चर्चित मिडफिल्डर रोहित चन्द इण्डोनेसियन सुपर लिग क्लब पर्सिजा जकार्ताबाट अलग भएका छन् । क्लबले शनिबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत रोहितसँगको सम्झौता समाप्त गरेको कुरा घोषणा गरेको छ ।
सन् २०१७ मा इण्डोनेसियन क्लबमा आवद्ध भएका रोहितले त्यहाँ पाँच सिजन बिताउने केही मुख्य उपाधिहरु पनि जितेका थिए । त्यसमध्ये सन् २०१८ मा जकार्तालाई लिग च्याम्पियन बनाउनु उनको सबैभन्दा ठूलो सफलता थियो । त्यतिबेला रोहितले लिगको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि हात पारेका थिए ।
जकार्ताबाट अलग भए तापनि इण्डोनेसिया कै अन्य शिर्ष क्लबहरुले रोहितलाई अनुवन्ध गर्न इच्छुक रहेको बताइएको छ । यद्यपि यसबारे अहिले नै कुनै निर्णय भने भईसकेको छैन ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न