News सहज जितका साथ चर्च ब्वाईज क्वाटरफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । सहज जित निकाल्दै चर्च ब्वाईज युनाइटेड, काठमाडौं यहाँ जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रिक्वाटरफाइनल खेलतर्फ चर्च ब्वाईजले भरतपुर फुटबल क्लब, चितवनलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाईजको जितमा आशिष चौधरीले दुई गोल गरे भने हेमन्त राना मगरले थप एक गोल गरेका थिए ।

खेलमा चर्च ब्वाईजका लागि दुई गोल गरेका आशिष चौधरी म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत जेठ २१ गते शनिबारको खेल फ्रेण्डस क्लब, काठमाडौं र एपिएफ एफसी, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि जेठ ३० गतेका दिन हुनेछ ।

Post Comments