काठमाडौं । मलेसियामा शुरु प्रतिष्ठित टुवान याङ टेरुतमा (टिवाईटी) कप अन्तर्राष्ट्रिय आमन्त्रण क्लब फुटबल प्रतियोगितामा घरेलु टोली पेनाङ एफसी र इण्डोनेसियन क्लब कारो एफसीले बराबरी खेल्दै प्रतियोगिताको शुरुवात गरेका छन् ।
मंगलबार पेनाङ सिटी स्टेडियममा सम्पन्न लिग चरणको पहिलो खेलमा पेनाङ र कारोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा शुरुवाती अग्रता भने पेनाङले लिएको थियो ।
पहिलो हाफ कै अतिरिक्त समयमाा फैज सुब्रीको गोलबाट घरेलु टोलीले अग्रता बनाए पनि त्यो अग्रता दोस्रो हाफमा गुमाउन पुग्यो । खेलको ७०औं मिनटमा इण्डोनेसियन मिडफिल्डर कार्डिनाटा टारीगनले कारो एफसीका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।
प्रतियोगितामा पेनाङ र कारोसँगै नेपाली टोली न्युरोडटिम (एनआरटी) पनि रहेको छ । एनआरटी प्रि–सिजन भ्रमणका लागि मलेसियामा टिवाईटी कप खेल्न पुगेको हो । एनआरटीले आफ्नो पहिलो खेल बिहीबार कारो एफसीसँग खेल्नेछ भने लिग चरणको अन्तिम खेल शनिबार पेनाङ एफसीसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार मलेसियन रिंगेट हात पार्नेछ भने उपविजेताले ५ हजार रिंगेट प्राप्त गर्नेछ । एनआरटीले मलेसियामा खेलेपछि थाइल्याण्ड भ्रमणमा पनि जाने कार्यक्रम छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै