News
अक्सफोर्डलाई क्रिमसन कपको उपाधि
बुटवल । क्रिमसन कप इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि अक्सफोर्ड उच्च माविले जितेको छ । मणिग्राम स्थित युनिक फुटसलमा सम्पन्न उपाधि भिडन्तमा अक्सफोर्डले राममणि कलेजलाई २–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको अक्सफोर्डले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता राममणिले १५ हजारमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक क्रिमसन कलेज अफ टेक्नोलोजीका अंकित थापा चुनिए । उत्कृष्ट गोलरक्षक पनि आयोजक कै अनुप थापा घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार वापत भने अक्सफोर्डका सरोज दर्लामीले हात पारे ।
विजयी खेलाडीहरुलाई फाइनल खेलका विशिष्ठ अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामृकष्ण खाँड लगायत अन्य अतिथीहरुले पुरसकृत गरेका थिए ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने