News
लिग उपाधितर्फ अग्रसर किरनको टोली माजिया
काठमाडौं । माल्दिभ्सको शिर्ष लिग दिवेही प्रिमियर लिगमा माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलिरहेका नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङ आफ्नो नयाँ क्लबबाट लिग उपाधितर्फ अग्रसर देखिएका छन् ।
लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको माजियाले शनिबार राती किरन कै पूर्व क्लब टिसी स्पोर्टसलाई ५–० को फराकिलो अन्तरले हरायो । माजियाको जितमा टाना डोमिंगेजले ह्याट्रिक गरे भने इब्राहिम अैसम र समूह अलीले एक–एक गोल थपे ।
यो जितसँगै माजियाको १८ खेलबाट ५१ अंक भएको छ । लिगमा अब तीन खेलहरु खेल्न मात्र बाँकी रहँदा माजिया अझै शिर्ष स्थानमा यथावत छ । माजियाले आफ्नो आगामी खेल शुक्रबार पुछारतिर संघर्ष गरिरहेको डा ग्राण्डीसँग खेल्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल