News
सातौं भ्याली कप शुक्रबारदेखि

पाल्पा । दमकडा ब्रदर्श एफसी, दमकडा, पाल्पाको आयोजनामा यहि साउन ६ गते शुक्रबारदेखि सातौं भ्याली कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क २५ सय तोकिएको छ । साथै टिमदर्ता गर्ने अन्तिम मिति यहि साउन ४ गते बुधबारसम्म रहेको आयोजकले जनाएको छ ।
दमकडा खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले ८ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
गोलनेपाल डटकम प्रतियोगिताको आधिकारिक वेब पार्टनर समेत हो ।
Post Comments