काठमाडौं । नेपाली राष्ट्रिय यु–१७ फुटबल टोलीका लागि पनि देशभरिबाट आएका खेलाडीहरुबीच खुला छनौट गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । त्यसका लागि एन्फाले सम्बन्धित सबैलाई पत्राचार समेत गरिसकेको छ ।
आउँदो सेप्टेम्बर ५ तारीखदेखि श्रीलंकामा हुन गईरहेको साफ यु–१७ च्याम्पियनसिप तथा एएफसी यु–१७ एसियन कप छनौटका लागि राष्ट्रिय टोली निर्माण गर्न खुला छनौट कार्यक्रम आयोजना गरिने एन्फाले जनाएको हो ।
स्मरण रहोस, यसअघि साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप छनौटका लागि पनि देशैभरिबाट आएका खेलाडीहरुमध्ये उत्कृष्ट खेलाडीहरु छनौट गरि हालै राष्ट्रिय यु–२० फुटबल टोली घोषणा गरिएको थियो ।
यता एन्फाले यु–१७ छनौटका लागि इच्छुक खेलाडीहरुलाई यहि साउन ४ देखि ९ गतेसम्म आवश्यक कागजातका साथ सम्पर्क गर्न आह्वान गरेको छ । छनौट कार्यक्रममा सहभागित जनाउनका लागि इच्छुक खेलाडीहरुको जन्ममिति २०६२ पौष १७ गते (२००६ जनवरी १) पछिको हुनुपर्ने एन्फाले पत्रमा उल्लेख गरेको छ ।
छनौट कार्यक्रमबारे विस्तृत रुपमा जान्नका लागि तल दिइएको पत्र हेर्नुहोस् ।

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)