काठमाडौं । भारतमा हुन गईरहेको साफ यु–२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाल यु–२० पुरुष फुटबल टोलीको शुक्रबार एक कार्यक्रमका बीच विदाई गरिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको विदाई कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीहरुले यु–२० टोलीलाई शुभकामना दिए ।
सो अवसरमा एन्फा उपाध्यक्षद्वय विर बहादुर खड्का, दिपक खतिवडा, महासचिव किरन राई, कोषाध्यक्ष रविन्द्र जोशी, कार्यसमिति सदस्यद्वय महेन्द्र क्षेत्री र सरिला श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।
विदाई कार्यक्रममा उपस्थित अतिथी तथा पदाधिकारीहरुले टोलीका मुख्य प्रशिक्षक मेघराज केसी र कप्तान आयुष घलानलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाई गरेका थिए । टोली शुक्रबार नै भारततर्फ प्रस्थान गरेको छ ।
भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा यहि जुलाई २५ तारीखदेखि शुरु हुन गईरहेको साफ यु–२० च्याम्पियनसिपतर्फ नेपालले उद्घाटन खेलमै माल्दिभ्सको सामना गर्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै २७ जुलाईका दिन श्रीलंकासँग खेल्नेछ भने ३१ जुलाईका दिन आयोजक भारतसँग भिड्नेछ ।
लिग चरणको अन्तिम खेलमा नेपालले अगस्त २ तारीखका दिन बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ५ अगस्तका दिन हुनेछ । आयोजक भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।
नेपाल यु–२० स्क्वाडः
गोलकिपर्सः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख
डिफेन्डर्सः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन धानी, रोशन थापा, अभिषेक वाईबा
मिडफिल्डर्सः दिपेश गुरुङ, आशिष राई, सन्दिप कार्की, जन्मजय धामी, मोहित गुरुङ, क्रितेश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्डसः रोहित सुब्बा, निरन्जन मल्ल, रोहन खड्गी
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै