News
महिला फिफा वरियतामा तल खस्कियो नेपाल
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपाली राष्ट्रिय महिला फुटबल टोली एक स्थान तल खस्किदै १०२औं स्थानमा पुगेको छ । फिफाले निकालेको सो ताजा वरियताका लागि नेपालले ११९६.७३ अंक प्राप्त गरेको छ ।
दक्षिण एसियातर्फ भने नेपाल दोस्रो स्थानमा छ । त्यस्तै दुई स्थान तल झरेको भारत ५८औं वरियतामा रहँदै दक्षिण एसियातर्फ शिर्ष स्थान मै यथावत छ । त्यसैगरी १४७औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ ।
१५३औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ चौथो स्थानमा रहँदा १५६औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ पाँचौ. स्थानमा छ । त्यस्तै १७६औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ ।
विश्व फुटबलको शिर्ष वरियतामा अमेरिका रहेको छ । दोस्रो स्थानमा जर्मनी रहँदा तेस्रो स्थानमा स्वीडेन रहेको छ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट