News
एन्फाको बैठकमा चार एजेण्डा थपिए
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बस्ने कार्यसमितिको बैठकमा चार एजेण्डाहरुलाई थप गरिएको छ । यसबारे सम्बन्धित कार्यसमितिका पदाधिकारीहरुलाई पत्राचार गरि जानकारी गराइएको पनि एन्फाले जनाएको छ ।
थपिएका चार एजेण्डाहरुमा पुरस्कार राशी सम्बन्धी, महिला नकआउट फुटबल प्रतियोगिता सम्बन्धि, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन सम्बन्धी तथा फिफा डे मा राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच सम्बन्धी विषय सूची रहेका छन् ।
त्यसबाहेक बैठकमा नेपाल सुपर लिग (एनएसल), ए, बी र सी डिभिजन लिग, एन्फाको सिइओ नियुक्ति लगायत अन्य केही महत्वपूर्ण विषयवस्तुबारे पनि आवश्यक छलफल हुने सम्भावना छ ।

Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान