News
यु–१५ महिला फुटबल टोलीका लागि खुला छनौट हुने
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा आगामी कार्तिक १५ देखि २६ गतेसम्म बंगलादेशमा हुन गईरहेको साफ यु–१५ महिला च्याम्पियनसिपका लागि नेपाली टोली तयार पार्न खुला छनौट हुने भएको छ ।
छनौट कार्यक्रमबारे जानकारी गराउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो मातहत रहेका सबै जिल्ला फुटबल संघहरुलाई पत्राचार गरेर सूचित समेत गरिसकेको छ ।
एन्फाको पत्रानुसार छनौट कार्यक्रम लगभग एक महिना चल्नेछ । जसअनुसार भाद्र २ गतेदेखि १० गतेसम्म जिल्लास्तरीय छनौट कार्यक्रम हुनेछन् । त्यस्तै भाद्र १५ देखि १९ गतेसम्म प्रदेशस्तरीय छनौट हुनेछ भने अन्तिम छनौट कार्यक्रम भाद्र २३ देखि २८ गतेसम्म सातदोबाटो स्थित एन्फाको मुख्यालयमा हुने पत्रमा उल्लेख छ ।
एन्फाको विस्तृत पत्र हेर्नुहोसः

Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान