News राष्ट्रिय फुटबल टोलीको सहायक र गोलकिपिङ प्रशिक्षकमा राई र डंगोल
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण म्याचका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षकमा नयाँ अनुहारलाई भित्राएको छ ।

एन्फाले सोमबार घोषणा गरेअनुसार राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नेपालकै पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक युगल किशोर राई नियुक्त भएका छन् । त्यस्तै गोलकिपिङ प्रशिक्षकमा बिनोद डंगोल नियुक्त भएका छन् ।

स्मरण रहोस, आगामी असोज ११ गतेका दिन काठमाडौंमा हुने नेपाल र बंगलादेश बीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचका लागि प्रदिप हुमागाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त भईसकेका छन् ।

यसअघि नेपालका मुख्य प्रशिक्षक अब्दुला अल्मुताईरीको नेतृत्वमा सहायक प्रशिक्षक किरन श्रेष्ठ तथा गोलकिपिङ प्रशिक्षकमा नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी बिकास मल्ल रहेका थिए ।

त्यस्तै उता प्रशिक्षक हुमागाईंले उक्त मैत्रीपूर्ण फुटबल म्याचका लागि ४० खेलाडीहरुलाई बन्द प्रशिक्षणमा समेत बोलाएको छ । जसमा यसअघि टिममा नपरेका किरन चेम्जोङ, रोहित चन्द, बिमल घर्ती मगर, सुजल श्रेष्ठ जस्ता सिनियर खेलाडीहरु पनि छन् ।

 

 

Post Comments