काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण म्याचका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षकमा नयाँ अनुहारलाई भित्राएको छ ।
एन्फाले सोमबार घोषणा गरेअनुसार राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नेपालकै पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक युगल किशोर राई नियुक्त भएका छन् । त्यस्तै गोलकिपिङ प्रशिक्षकमा बिनोद डंगोल नियुक्त भएका छन् ।
स्मरण रहोस, आगामी असोज ११ गतेका दिन काठमाडौंमा हुने नेपाल र बंगलादेश बीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचका लागि प्रदिप हुमागाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त भईसकेका छन् ।
यसअघि नेपालका मुख्य प्रशिक्षक अब्दुला अल्मुताईरीको नेतृत्वमा सहायक प्रशिक्षक किरन श्रेष्ठ तथा गोलकिपिङ प्रशिक्षकमा नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी बिकास मल्ल रहेका थिए ।
त्यस्तै उता प्रशिक्षक हुमागाईंले उक्त मैत्रीपूर्ण फुटबल म्याचका लागि ४० खेलाडीहरुलाई बन्द प्रशिक्षणमा समेत बोलाएको छ । जसमा यसअघि टिममा नपरेका किरन चेम्जोङ, रोहित चन्द, बिमल घर्ती मगर, सुजल श्रेष्ठ जस्ता सिनियर खेलाडीहरु पनि छन् ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)