News
अन्जिलालाई महिला फुटबल टोलीको कप्तानी
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा राष्ट्रिय महिला फुटबल टोलीको कप्तानी पहिलो रोजाईकी नियमित गोलरक्षक अन्जिला तुम्बापो सुब्बाले गर्ने भएकी छिन् ।
नेपाली महिला फुटबल टोलीकी नियमित कप्तान रेनुका नगरकोटी काँधको चोटका कारण हाल मैदान बाहिर रहेपछि त्यो कप्तानी जिम्मेवारी अन्जिलाले पाएकी हुन् ।
स्मरण रहोस, मंगलबारदेखि काठमाडौंमा शुरु हुन गईरहेको महिला साफ च्याम्पियनसिपतर्फ नेपाल समूह बी मा परेको छ । नेपालले मंगलबार नै भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । समूह बी मा नेपाल र भुटानबाहेक श्रीलंका छन् ।
त्यस्तै समूह ए मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल