News
साफ यु–१७ च्याम्पियनसिप शुरु, भारतको उत्कृष्ट शुरुवात
काठमाडौं । सोमबारदेखि श्रीलंकामा शुरु साफ यु–१७ च्याम्पियनसिपमा उपाधिको दावेदार भारतले उत्कृष्ट जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।
कोलोम्बो रेसकोर्षमा सम्पन्न समूह बी तर्फको उद्घाटन खेलमा भारतले भुटानलाई ३–० ले हरायो । भारतको जितमा थाङ्लासुन गांग्तेले दुई गोल गरे भने गुईटे भन्लापेकाले थप एक गोल गरे ।
समूहतर्फको अन्तिम खेलमा भारतले ९ सेप्टेम्बरका दिन नेपालसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले आप्mनो पहिलो खेल बुधबार भुटानसँग खेल्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
समूह ए मा आयोजक श्रीलंकासँगै बंगलादेश र माल्दिभ्स रहेका छन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल