News
वाखट–सुनाकोठीमा भेट्रान फुटसल हुँदै
ललितपुर । यहि असोज ८ गते शनिबारका दिन ललितपुर २७ स्थित वाखट–सुनाकोठी फुटसलमा भेट्रान फुटसल प्रतियोगिता हुने भएको छ । आउँदै गरेको महान चाड विजयादशमीको अवसरमा आयोजना हुन गईरहेको प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको खेल संयोजक रवि छन्त्यालले जानकारी दिए ।
एक दिने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक छन्त्यालले बताए । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।
साथै प्रतियोगिताबारे थप जानकारीका लागि ९८०८०६३४८७ र ९८१३८५०४३३ मा सम्पर्क गर्न सकिने पनि संयोजक छन्त्यालले बताए ।
Post Comments
Related News
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु
- च्यासल फुटबल मैदानको मर्मत सुरु
- ललितपुरमा खुला फुटसल हुँदै, विजेताले १ लाख पाउने
- रातो मच्छिन्द्रनाथ कप ललितपुर जिल्ला व्यापी अन्तर विद्यालय फुटसल हुँदै
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै