News
योङ लर्ड बुद्ध सेमिफाइनलमा

पंचायन । साँघुरो जितका साथ योङ लर्ड बुद्ध, इटहरी यहाँ जारी दोस्रो पंचायन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
योङ लर्ड बुद्धले सयपत्री एफसी, बराहक्षेत्रलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । योङ लर्ड बुद्धका लागि सुजन मगरले एक मात्र निर्णायक गोल गरे । खेलमा विजयी टोलीका अनिष चौधरी म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत असोज ७ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल एनएफसी, धरान र उदयपुर स्पोर्टस क्लब, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।
पंचायन क्लब, रामधुनी–७ सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १० गतेका दिन हुनेछ ।
Post Comments