
बिराटनगर । पोखरामा यहि असोज २८ गते बाट सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मोरङको विराटनगरमा जारी भैइरहेको प्रदेश नं १ को पुरुष फुटबल छनोट खेलको दुई सेमिफाइनल खेलमा मोरङ र सुनसरी विजय हुँदै फाइनल प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा संखुवासभालाई मोरङले ३-० गोलले पराजित गर्दै फाइनल पुगेको हो । मोरङका लागि खेलको १९ र ६४ औं मिनेटमा जर्सी नं १० का खेलाडी भुवन बस्नेत गोल गरे भने थप एक गोल ७६ औं मिनेटमा जर्सी नं १२ का खेलाडी कैलाश बस्नेतले गोल गर्दै आफ्नो टिमलाई फाइनल पुर्याएका हुन ।
यस्तै मोरङको विराटनगरमा रहेको सहिद रंगशालामा सुनसरी र भोजपुर बिचको दोस्रो सेमिफाइनल खेलमा सुनसरीले २-० गोलले जित्दै फाइनल पुगेको हो । सुनसरी र भोजपुर बिचको खेलमा दुवै टिम सुरु देखि नै तनावपुर्ण रुपमा खेलका थिए । खलेको ९ औं मिनेटमा भोजपुरका जर्सी नं ४ खेलाडी बेनुप राईले रातो कार्ड खादै भोजपुर १० खेलाडीमा समेटेको थियो ।
सुनसरीका लागि खेलको ११ औं मिनेटमा जर्सी नं १३ का खेलाडी मिलन राईले फ्रीकिकबाट सुनदर गोल गर्दै अग्रता दिलाएका थिए भने थप अर्को गोल ३९ औं मिनेटमा जर्सी नं २ का खेलाडी दिनेश राई गोल गर्दै पहिलो हाफमा सुनसरीले २-० को अग्रता लिएको थियो । त्यस पछि निर्धारित समयमा थप गोल न भए पछि सुनसरीले मोरङ संगको भेट पक्का गरेको हो । अब भोलि सहिद रंगशालामा मोरङ र सुनसरी बिच फाइनल हुने छ ।