News
धनकुटा बन्यो खुदुनाबारी गोल्डकप च्याम्पियन
खुदुनाबारी । तेस्रो खुदुनाबारी गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटाले जितेको छ । फाइनलमा आयोजक जुनतारा फुटबल क्लबलाई टाईब्रेकरमा ३–० ले हराउँदै धनकुटा च्याम्पियन बनेको हो ।
अर्जुनधारा–३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा भएको निर्धारित समयको खेल १–१ गोलको रोमाञ्चक बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । जसमा धनकुटा हावी बन्यो ।
विजेता बनेको धनकुटाले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता जुनताराले ५५,५५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा