News नवौं लगनशील कप शुरु, एकताको विजयी शुरुवात
सुरज राना मगर

धादिङ । ‘खेलकुद विकासका लागि खेल प्रतियोगिता’ भन्ने मूल नाराका साथ शुरु नवौं लगनशील कप नाईन ए साईड फुटबल प्रतियोगितामा एकता क्लबले विजयी शुरुवा त गरेको छ ।

ज्वालामुखी–७, धादिङ स्थित धारापानी खेलमैदानमा भएको उद्घाटन खेलमा एकताले सहारा फुटबल क्लबलाई १–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यस्तै दिनको दोस्रो र तेस्रो खेलमा क्रमशः मिरमिरे युवा क्लब र सेभेन स्टार युवा क्लबले वोकओभरमा जित निकाले । मिरमिरेले आदमटार युवा क्लब र सेभेन स्टारले डिएसडीसँग खेल्ने कार्यक्रम थियो । तर विपक्षी दुवै टोली समयमा खेलमैदानमा उपस्थित नभएपछि मिरमिरे र सेभेन स्टारलाई विजयी घोषित गरिएको आयोजकले जानकारी दियो ।

लगनशील युवा क्लब, ज्वालामुखी–७, धादिङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३० हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक दिपक गिंडेलले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

कुल १५ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि असोज २५ गतेका दिन हुने पनि प्रचार प्रसार संयोजक गोपी क्षेत्रीले जानकारी दिए । प्रतियोगिता जिल्ला कै सर्वाधिक धनराशीको रहेकाले यसला ई भव्यताका साथ सम्पन्न गर्न आफूहरु लागि परेको पनि संयोजक दिपक गिंडेलले बताए ।

Post Comments