News
साफ यु–१५ महिला च्याम्पियनसिप बंगलादेशमा हुने (खेलतालिकासहित)
काठमाडौं । यसै वर्ष हुन गईरहेको साफ यु–१५ महिला च्याम्पियनसिप बंगलादेशको राजधानी ढाकामा हुने भएको छ । स्मरण रहोस, यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता काठमाडौंमा आयोजना हुने गरी आवश्यक तयारीका लागि चाहिने भौतिक पूर्वाधारहरुका गोप्य शिलबन्दी आह्वान समेत गरेको छ ।
तर दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले निकालेको खेलताििलकामा प्रतियोगिता बंगलादेशमा हुने बताइएको छ । खेलतालिकामा उल्लेख भएअनुसार प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल र भुटानले मात्र सहभागिता जनाउने छन् ।
आउँदो नोभेम्बर १ देखि ११ तारीखसम्म हुने प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा हुनेछ । लिग चरणको खेलहरुपश्चात शिर्ष स्थानमा रहने टोली उपाधि विजेता बन्ने साफले खेलतालिकामा उल्लेख गरेको छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल