News असोज अन्तिमदेखि सप्तकोशी गोल्डकप
गोलनेपाल

बराहक्षेत्र । सप्तकोशी युवा क्लब, बराहक्षेत्र–७, सुनसरीको आयोजनामा आउँदो असोज २९ गतेदेखि नवौं सप्तकोशी गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

प्रतियोगिताको आवश्यक तयारी पूरा भईसकेको र खेलतालीका पनि सार्वजनिक गरिएको छ । श्री बसन्त ऋतु माविको खेलमैदानमा हुने उद्घाटन खेलमा फेयर फुटबल क्लब, धरान र पथरी फुटबल क्लब, मोरङ भिड्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि नगद ३ हजार र ट्रफी पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

कुल ८ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल कार्तिक ५ गतेका दिन हुनेछ । प्रतयोगिताको सबै खेलहरु गोलनेपाल डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ ।

Post Comments