News
पालुङटारमा खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने

पालुङटार । नव जागृति एकता युवा क्लब, पालुङटार नगरप ालिका–६, कमलटारको आयोजनामा आउँदो कार्तिक ४ गतेदेखि प्रथम नव जागृति एकता कप सेभेन ए साईड खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि कार्तिक ३ गतेसम्म टिमदर्ता गर्न आह्वान गरिएको छ । साथै टिमदर्ता शुल्क ३५ सय तोकिएको पनि आयोजकले जानकारी दियो ।
ठुलोचौर खेलकुद मैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १७,७७७ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका संजय कुमार रानाले बताए ।
Post Comments