
गोरखा । श्री महादेव शान्ति युवा क्लब, भिमसेनथापा गाउँपालिका–८, गोरखाको आयोजनामा आउँदो कार्तिक १२ गतेदेखि तेस्रो महादेवटार फुटबल कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
आउँदै गरेको नेपालीहरुको अर्को ठुलो चाड शुभ दिपावलीको अवसरमा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी शुरु गरिसकेको आयोजक क्लबका आशिष श्रेष्ठले बताए ।
साथै इच्छुक क्लबहरुले कार्तिक ११ गतेसम्म टिमदर्ता गर्न सक्ने आयोजक क्लबका अर्का सदस्य गोपाल कुमालले जानकारी दिए । टिमदर्ता शुल्क डिपोजिट रकमसहित ९५०० रहेको पनि कुमालले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार पाउने आयोजक क्लबका आकाश श्रेष्ठले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।
प्रतियोगितामा रातो कार्ड खाने र पहेंलो कार्ड खाने टोलीलाई क्रमशः ५०० र २०० दरका लागि जरिवाना पनि गरिएको आयोजकले जानकारी दियो ।