मैवाखोला । जनसेवा आदर्श स्र्पोटिङ क्लब र सुर्योदय युवा संगठन, मैवाखोला गाउँपालिका–१ को आयोजनामा बलिहालङ् तङनाम र शुभ दिपावलीको अवसर पारी सेभेन ए साईड खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
यहि आउँदो कार्तिक ५ गतेदेखि श्री जनकल्याण माविको खेलमैदानमा शुरु हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणा रहेको आयोजक क्दबका अध्यक्ष खगेन वनेम लिम्बुले जानकारी दिए ।
साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने क्लबहरुका लागि कार्तिक ४ गतेसम्म टिमदर्ता खुला गरिएको आयोजक क्लबका सचिव राजेश कुमार वनेमले जानकारी दिए । साथै टिमदर्ता शुल्क ४ हजार तोकिएको छ भने त्यसमा थप ५०० धरौटी रकम बुझाउनु पर्ने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित ७५ हजार हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि २५ हजार पाउने आयोजक क्लबका अध्यक्ष खगेन वनेमले बताए ।
त्यस्तै प्रतियोगिता कै अवसर पारी नृत्य र डोरी तान्ने प्रतियोगिताको पनि आयोजना गरिने आयोजकले जनाएको छ । नृत्यतर्फ पहिलो हुनेले ७ हजार तथा दोस्रो हुनेले ३ हजार पुरस्कार पाउनेछ भने डोरी तान्नेतर्फ पहिलो हुनेले ५ हजार पाउनेछ । साथै अन्य मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना हुने आयोजकले जनाएको छ ।
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि