News
फराकिलो जितका साथ उर्लाबारी सेमिफाइनलमा
गौरादह । फराकिलो जितका साथ उर्लाबारी एफसी यहाँ जारी दोस्रो गतिशिल कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गौरादह–९, बैगुन्धुरामा भएको खेलमा उर्लाबारीले दमक किकर्स एफसीमाथि ६–० को फराकिलो जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलमा उर्लाबारीका सक्सेस राई म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका विशिष्ठ अतिथी, समाजसेवी तथा खेलप्रेमी नेपाल बैंक लिमिटेड, इटहरीका व्यवस्थापक योगेश भेट्टराईले नगद २ हजार र ट्रफीका साथ पुरस्कृत गरे ।
गतिशिल युवा क्लब, गौरादह–९, बैगुन्धुरा, झापाको आयोजनामा जारी प्रतियोगिता अन्तरगत कार्तिक ३ गते बिहीबारको खेल सैनिक फुटबल क्लब, झापा र जहादा फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा