News
आयोजक धरान–१७ भेट्रान (रातो) लाई उपाधि

धरान । प्रथम भेट्रान अन्तरगत वार्ड रनिङ कप फुटबल प्रतियोगिताको उपाधि आयोजक धरान–१७ (रातो) ले जितेको छ । धरान–१७ स्थित नमस्ते फुटबल मैदानमा सम्पन्न फाइनल खेलमा धरान–१७ (रातो) धरान–१६ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको धरान–१७ (रातो) ले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता धरान–१६ ले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
धरान–१७ भेट्रान फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा आगामी दिनमा पनि अझै भव्यता र सफलताका साथ आयोजना गर्ने आयोजकले प्रतिवद्धता जनायो ।
Post Comments