काठमाडौं । बुधबारदेखि शुरु साफ यु–१५ महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशले फराकिलो जितका साथ शानदार शुरुवात गरेको छ । ढाका स्थित बिर श्रेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको उद्घाटन खेलमा बंगलादेशले भुटानमाथि ८–० को फराकिलो जित निकाल्दै विजयी शुरुवात गरेको हो ।
बंगलादेशको जितमा सौरभी प्रितीले ह्याट्रिक गरिन् । त्यस्तै उमेहला मर्माले दुई गोल गरिन् भने थुइनुए मर्मा, जोयनोर रिता र कनोन रानीले समान एक–एक गोलको योगदान दिईन् । बंगलादेशले आफ्नो आगामी खेल शनिबार नेपालसँग खेल्नेछ । त्यस्तै नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्ने कार्यक्रम छ ।
प्रतियोगितामा दक्षिण एसियाका तीन टोलीहरु मात्र सहभागी छन् । डबल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली विजेता बन्नेछ । लिग चरणको अन्तिम खेल ११ नोभेम्बरका दिन नेपाल र बंगलादेशबीच हुने कार्यक्रम छ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल