News
बागमतीलाई सी डिभिजन लिग छनौटको उपाधि
काठमाडौं । मोफसलको फुटबलमा राम्रो पहिचान बनाएर सक्रिय बागमती युवा क्लब, सर्लाहीले बिहीबार सम्पन्न शहिद स्मारक सी डिभिजन लिग छनौटको उपाधि जितेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल भिडन्तमा बागमतीले गोलबजार स्र्पोटस क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजेता बनेको हो । स्मरण रहोस, फाइनल पुगेका बागमती र गोलबजार यसअघि नै सी डिभिजनमा बढुवा भईसकेका छन् ।
विजयी खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य अतिथी तथा पदाधिकारीहरुले पुरस्कृत गरेका थिए ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न