
हेटौडा । बिजय यूथ क्लव हेटौंडाको आयोजनामा यहि माघ २० गतेबाट फुटसल प्रतियोगिता हुने भएको छ । जिल्लामा नयाँ खेलाडी उत्पादन र युवाहरुको बीचमा भ्रातृत्व विकासको उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार, ट्रफी र मेडल प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए । प्रतियोगितामा सहभागिता हुन चाहने इच्छुक क्लवले ८ हजार रुपैयाँसहित टिम दर्ता गर्नुपर्ने पनि राजबाहकले बताए ।
यस्तै प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद सहित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका सचिव राजेश भेटवालले जानकारी दिए ।
नकआउटको आधारमा खेलाइने प्रतियोगितामा सहभागी हुने टिममा ८ जना खेलाडी हुनुपर्ने र टिममा दुईजना बाहिरका खेलाडी राख्न पाइने ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा जिल्लाभित्रका क्लवले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा करिब २० टिमहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा