झापा । तनावपूर्ण खेलबाट जित निकाल्दै नेपाल भ्रमण रहेको भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकाको टोली यहाँ जारी दोस्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
झापाको अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलको पहिलो हाफमा खेल तनावपूर्ण बनेको थियो । ललितपुरको सुनाकोठी सिटी एफसीसँग फाइनल प्रवेशका लागि खेलकै क्रममा विवाद सिर्जना भएपछि ७ मिनेट खेल अवरुद्ध बन्यो ।
पहिलो हाफको २२औँ मिनेटमा सुनाकोठीका खेलाडी शिशिर लेखीमाथि फाउल भएपछि खेल तनावग्रस्त बनेको थियो । त्यसपछि दुवै टिमका अफिसियललगयात अन्उ खेलाडी मैदानभित्र पुगेका थिए । यसक्रममा ७ मिनेट खेल अवरुद्ध भएको थियो ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफको ३ मिनेटमै भुटनिज युथका प्रविण बस्नेतले गोल गर्दै अग्रता दिलाएका थिए । उनकाे गाेल नै निर्णायक बनेकाे थियाे । उनी परिवर्तित खेलाडी हुन् ।
सुनकोठीका गोलरक्षक प्रमिजाइ गच्छदारको हातबाट फुत्किएको बललाई प्रविणले जाली चुमाएका हुन् । आजको खेलको म्यान अफ दी म्याच भुटनिज युथका मिगुएल अगस्टिन घोषित भए ।
पहिलो सेमिफाइनल खेलबाट आयोजक नमुना एफसी फाइनल प्रवेश गरिसकेको छ । बिहीबार हुने फाइनल खेलमा आयोजकसँग भुटनिज युथले प्रतिस्पर्धा गर्नेछ । विजेताले नगद १ लाख ११ हजार १११ सहित ट्रफी पाउने छ ।


- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा