कनकाई । हर्क राई स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जलथल फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनलमा जलथलले एपिएफ पकलीलाई टाईब्रेकरमा ५–४ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
त्यसअघि जामुनखाडी प्राकृतिक रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने जलथलले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
विजेता बनेको जलथलले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्यो भने उपविजेता एपिएफ पकलीले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
त्यस्तै व्यक्तिगत विधातर्फ फाइनल खेलको म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडी जलथलका गोलरक्षक समिर लिम्बु चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने एपिएफ पकलीका अरविन्द चौधरीले हात पारे ।
विजयी खेलाडीहरुलाई स्व. हर्क राईका परिवार तथा आयोजक जामुनखाडी स्र्पोटिङ क्लबका अध्यक्ष गणेश गिरी लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए । गत पौष २ गतेदेखि शुरु प्रतियोगितामा प्रदेश नम्बर १ का कुल ८ टोलीहरुले सहभागिता जनाएको प्रचार प्रसार संयोजक सागर गिरीले जानकारी दिए ।
समापन कार्यक्रमको अवसरमा प्रतियोगिता सफलताका साथ सम्पन्न सहयोग पुर्याउने विभिन्न व्यक्तित्व तथा संघसंस्थाहरुलाई पनि सम्मान गरिएको संयोजक गिरीले बताए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा