News अनन्त बने सहारा वर्ष खेलाडी
सुदर्शन रञ्जित

पोखरा । राष्ट्रिय पुरुष फुटबल टोलीका स्टार डिफेन्डर अनन्त तामाङ यस वर्षको सहारा वर्ष खेलाडी घोषित भएका छन् । मोफसलमा आफ्नो विशेष पहिचान बनाईसकेको सहारा क्लब, पोखराले वार्षिक रुपमा दिंदै आएको यो पुरस्कारबाट यसपटक अनन्त सम्मानित हुने भएका हुन् ।

यहि पौष १४ गतेदेखि शुरु हुन गईरहेको २२औं आहा! रारा पोखरा गोल्डकपको अवसर पारि अनन्तलाई सम्मान गरिने सहारा क्लबका महासचिव रामजी अधिकारीले बताए । यो पुरस्कार वापत अनन्तले सम्मानपत्रसहित नगद ५० हजार ५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यसअघि यो पुरस्कारबाट राष्ट्रिय फुटबल टोली कै नम्बर एक गोलरक्षक तथा कप्तान किरन चेम्जोङ, भरत खवास, अभिषेक रिजाल, सुजल श्रेष्ठ र अन्जन बिष्ट पनि सम्मानित र पुरस्कृत भईसकेका छन् ।

 

Post Comments