News
तेह्रथुममा सनराईज कप शुरु
म्याङलुङ । सनराईज युवा क्लब, म्याङलुङ–८, तेह्रथुमको आयोजनामा शुक्रबारदेखि सनराईज कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
म्याङलुङ–८ कोबेक स्थित स्थानीय खेलमैदानमा प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए । पहिलो खेलमा टिएसएसले आयोजक सनराइज युवा क्लब (बी) लाई पेनाल्टीमा हरायो । त्यस्तै दोस्रो खेलमा सुनसरी एफसीले साप्ला भेट्रान्समाथि सडन डेथमा जित निकाल्यो ।
म्याङलुङ वार्ड नम्बर ८ को कार्यालय, तेह्रथुमको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख २१ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक महेन्द्र लिम्बुले जानकारी दिए । प्रतियोगितामा कुल १९ क्लबहरुले सहभागिता जनाएका छन् ।
Post Comments
Related News
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि