News
जिवाइसी, मेछायम र सिर्जना संगमलाई सफलता
म्याङलुङ । यहाँ जारी सनराईज कप खुला नकआउट फुटबल प्रतियोगितामा जिवाइसी मोरहाङ, मेछायम गाउँपालिका र सिर्जना संगक क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
म्याङलुङ–८, कोबेक स्थित स्थानीय खेलमैदानमा भएको खेलमा जिवाइसीले म्याङलुङ क्लबलाई ३–१ ले हरायो । मेछायमले एसआई जिरीखम्तिीलाई ३–० ले पराजित गर्यो भने सिर्जना संगमले वाक ओभरमा जित निकाल्यो । विपक्षी टोली ड्रिम ब्वाईज मैदानमा उपस्थित नभएपछि सिर्जना संगमलाई विजयी घोषित गरिएको आयोजकले जानकारी दियो ।
सनराईज युवा क्लब, म्याङलुङ–८, कोबेक, तेह्रथुमको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २१ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि